Section 85
करको भुक्तानीको समय, स्थान र तरिका
(१) यस ऐन बमोजिम तिर्नुपर्ने कर तोकिएको स्थान र तरिका बमोजिम बुझाउनु पर्नेछ ७र त्यसरी तिर्नुपर्ने कर विद्युतीय माध्यमबाट समेत तिर्नुपर्ने गरी विभागले तोक्न सक्नेछ ।

(२) यस ऐन बमोजिम तिर्नुपर्ने कर उपदफा (१) का अधीनमा रही देहायको समयमा बुझाउनु पर्नेछः-

(क) अग्रिम कर क्ट्री गरी दाखिला गर्नु पर्नेले दफा ९० को उपदफा (४) मा उल्लिखित समयमा,

(ख) किस्ताबन्दीमा कर बुझाउनु पर्नेले दफा ९४ को उपदफा (१) मा उल्लिखित समयमा,

(ग) निर्धारण गरिएका कर बुझाउनु पर्नेले -

(१) दफा ९९ बमोजिमको कर निर्धारण सम्बन्धमा आय विवरण बुझाउनुपर्ने मितिमा,

(२) दफा १०० को उपदफा (२) बमोजिम गरिएको कर निर्धारणको सम्बन्धमा दफा १०२ बमोजिम बुझाएको कर निर्धारणको सूचनामा तोकिएको म्यादभित्र,

(३) दफा १०१ बमोजिम भएको संशोधित कर निर्धारणको सम्बन्धमा दफा १०२ बमोजिम बुझाएको कर निर्धारणको सूचनामा तोकिएको म्यादभित्र,

(घ) दफा १०४ को उपदफा (८), दफा १०९ को उपदफा

(१) वा दफा ११०_को उपदफा (१) बमोजिम जारी भएको सूचना _ बमोजिम विभागलाई बुझाउनुपर्ने रकमहरुको सम्बन्धमा सो सूचनामा उल्लिखित मितिमा,

(ङ) दफा १०७ को उपदफा (२) बमोजिम कुनै निकायले कर नबुझाई कायम हुन आएको दायित्वको सम्बन्धमा सो निकायबाट जुन समयमा कर बुझाउनुपर्ने हो सोही समयमा,

(च) दफा १०८ को उपदफा (३) वा (४) बमोजिम माग गरिएको रकमको सम्बन्धमा क्रमशः लिलाम बिक्री गरी रकम मिलान गरिएको वा मिलान गर्न नसकिएको मितिले सात दिनभित्र, र

(छ) दफा १२२ बमोजिम निर्धारण गरिएका शुल्क तथा ब्याजको सम्बन्धमा निर्धारणको सूचनामा उल्लिखित मितिमा ।

(३) देहायका अवस्थामा कर बुझाउनुपर्ने मिति प्रभावित हुने छैनः-

(क) कर असुल उपर गर्न परिच्छेद-२० बमोजिम विभागले गरेको कारबाही, वा

(ख) यस ऐन बमोजिम अन्य कारबाही गर्न प्रारम्भ गरिएकोमा ।